६ जेष्ठ २०८१, आइतबार

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि


भेरी अस्पताल

नेपालगञ्ज, साउन ९ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज फेरि ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा ९ जनामा कोरोना देखिएको हो । आज दिउसो मात्र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालले आज आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये बर्दियाका २ जना, दाङका ५ जना र बाँकेका २ जना रहेका छन् । उनीहरु ७ जना पुरुषहरु र २ जना महिलाहरु रहेका छन् ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज फेरि ९ जनामा कोरोना संक्रमण पुष्टि

यो पनि पढ्नुहोस्

भेरी अस्पतालमा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !