९ आश्विन २०८१, बुधबार

विश्वमा कोरोना भाइरस सक्रमितको संख्या १ करोड ५६ लाख नाघ्यो


विश्व र नेपालमा कोरोना संक्रमणको अवस्था कस्तो छ ? कसरी बच्न सकिन्छ ?

जेनेभा, स्वीट्जरल्याण्ड, ९ साउन । विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार जानकारी दिएको छ ।

संक्रमितमध्ये हालसम्म ९५ लाख ५४ हजार ८९० व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५४ लाख ७५ हजार १६३ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितमध्ये ६६ हजार १८४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४१ लाख ७० हजार १३१ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ४७ हजार ३३३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३५ लाख ४५ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ एक लाख २९ हजार २१६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४८ लाख ८९ हजार ४९७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख ३ हजार ८८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २७ लाख ३६ हजार २५६ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ५३१ को मृत्यु भएको छ । एसिया ३६ लाख ८२ हजार ५४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ८६ हजार ६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा सात लाख ९२ हजार ४० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६ हजार ७५६ जनाको मृत्यु भएको छ । ओसियानामा १५ हजार २९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १६१ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !