३ मंसिर २०८१, सोमबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन ८ । काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ५ जना, ललितपुर जिल्लाका २ जना र भक्तपुर जिल्लाका २ जनामा कोरोना संक्रमण देखिएको छ । हिजो काठमाडौं उपत्यकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

काठमाडौँ जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुरमा गरिएको परीक्षणमा ३ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो ।

साथै ललितपुर जिल्लामा आज शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जना र स्टार अस्पताल सानेपा ललितपुरमा गरिएको परीक्षणमा १ जना गरी २ जनामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै भक्तपुर जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !