काठमाडौं, साउन ७ । काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । आज ललितपुर जिल्ला र भक्तपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन ।
काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जना गरी ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो पनि पढ्नुहोस्