८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन ७ । काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं जिल्लाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । आज ललितपुर जिल्ला र  भक्तपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन ।

काठमाडौँ जिल्लामा आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँमा गरिएको परीक्षणमा २ जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, काठमाडौँमा गरिएको परीक्षणमा १ जना गरी ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !