९ असार २०८१, आइतबार

आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?


आज कुन जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?

साउन ६, काठमाडौँ । पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३९६३ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १५० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७९९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापाका २ जना, सर्लाहीका १ जना र उदयपुरका ८ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना र सप्तरीका १ जना संक्रमित भएका छन् । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १३ जना, नारायणी अस्पताल विरगंजमा पर्साका २ जना संक्रमित भएका छन् ।

साथै भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका ४ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा महवनपुरका ५ जना, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा काभ्रेका १ जना र रामेछापका २ जनामा कोरोना पुष्टि भएको छ । यस्तै पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा सर्लाहीका १ जना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा चितवनका १ जना, कैलालीका १ जना, काठमाडौंका ८ जना, महोत्तरीका १ जना, नुवाकोटाका १ जना र सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको छ । स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका ३ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा म्याग्दीका ३ जना, स्याङ्जाका ३ जना र बाग्लुङका ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नवलपरासीका १ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ३ जना र दाङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका १ जना र सल्यानका १ जना, दैलेख प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका ९ जना, चौरजहारी नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका १ जना, डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ४ जना संक्रमित भएका छन् । यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, बझाङका ४ जना र कंचनपुरका २० जना संक्रमित भएका छन् ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ९ जना नयाँ संक्रमित

नेपालमा संक्रमितको संख्या १७९९४ पुग्यो, आज थपिए कोरोनाका नयाँ १५० संक्रमित

नेपालमा अहिलेसम्म १२४७७ जनाले जिते कोरोना, थप ६०९ जना घर फर्किए


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !