८ जेष्ठ २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौं, साउन ५ । काठमाडौं उपत्यकामा आज थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज आइतवार काठमाडौं जिल्लाका २ जना र ललितपुर जिल्लाका १ जनामा कोरोना संक्रमण देखिएको छ । आज भक्तपुर जिल्लामा कुनै कोरोना संक्रमण देखिएको छैन ।

आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा काठमाडौँ जिल्लामा २ जना र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनमा गरिएको परीक्षणमा ललितपुर जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ४२१६ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा आज कोरोना संक्रमण नयाँ १८६ जनामा पुष्टि भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा १७३ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ११८६८ पुगेको छ ।

यो पनि पढ्नुहोस्

काठमाडौं उपत्यकामा आज थपिए कोरोनाका ३ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !