३ जेष्ठ २०८१, बिहिबार

सुदूरपश्चिम प्रदेशमा आज २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०५४ पुग्यो


कोरोना भाइरस

धनगढी, साउन ४ । सुदूरपश्चिम प्रदेशमा आज थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४०५४ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये ८ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार सेती अस्पताल धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २४ जना र डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २ जना गरी आज २६ जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३६४ जनाको नमुना परीक्षणका क्रममा कैलालीका २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा ५ जना महिलाहरु र १९ जना पुरुषहरु गरी २४ जना रहेका छन् ।

उनका अनुसार बर्दगोरिया गाउँपालिकाका २ जना महिलाहरु र ६ जना पुरुषहरु गरी ८ जना, जोशीपुर गाउँपालिकाका १ जना महिना र ६ जना पुरुषहरु गरी ७ जनामा कोरोना पुष्टि भएको हो । यस्तै गौरीगंगा नगरपालिकाका १ जना महिला र ४ जना पुरुषहरु गरी ५ जना, टीकापुर नगरपालिकाका १ जना महिला र ३ जना पुरुषहरु गरी ४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा ९७८, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ५ ८६, कञ्चनपुरमा ४६३, डडेल्धुरामा २९७, बैतडीमा २७६, बझाङमा १७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमितमध्ये झण्डै १६७० भन्दा बढि डिस्चार्ज भईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !