नेपालगञ्ज, श्रावण ३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा २० जनामा कोरोना देखिएको हो ।
अस्पतालले आज एक विज्ञप्ति सार्वजनिक गर्दै थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमध्ये दाङका ५ जना, बर्दियाका १० जना र बाँकेका ५ जनामा रहेका छन् । उनीहरु १४ जना पुरुषहरु र ६ जना महिला रहेका छन् ।
भेरी अस्पतालमा बिगत २४ घण्टामा प्राप्त भएका नमुनामघ्ये ३०० वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा २० वटा नमूनाको नतिजा पोजेटिभ र २८० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भेरी अस्पतालले जानकारी दिएको छ ।
यो पनि पढ्नुहोस्
भेरी अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि