९ आश्विन २०८१, बुधबार

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो


महिलाको मृत्यु

काठमाडौं, साउन २ । आज नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जनाको मृत्यु भएको पुष्टि छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् ।

प्रवक्ता डा. गौतमका अनुसार सुनसरी जिल्लाको धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका-१ घर भएका ७३ वर्षीय वृद्धको हिजो बिहीबार राति करिब सवा १० बजे मृत्यु भएको हो ।

उनका अनुसार गत असार ३१ गते सप्तरीको राजविराजबाट प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका बृद्धको मृत्यु भएसंगै प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणवाट मानिसको मृत्यु हो । मृतकको बिहीबार बेलुका करिब ६ बजे कोरोना भाइरस कोभिड १९ परीक्षणमा पोजेटिभ देखिएको र राती मृत्यु भएको हो ।

मृतकलाई उच्च रक्तचाप, मधुमेह, मुटुको रोग रहेको थियो । अस्पतालमा सुरुमा ल्याउँदा प्रतिष्ठानको विशेष आइसोलेटेड इमेरजेन्सी कक्षमा राखेर उपचार गरिएको र कोरोना पुष्टि भएपछि कोरोनाको आइसोलेसन कक्षमा सारिएको उनले जानकारी दिएका छन् ।

उनका अनुसार दीर्घकालीन शारीरिक रोगका बिरामी भएकाले पनि विशेष निगरानीसहित उपचारमा राखेको बताए । मृतकको परिवारले नै अस्पतालमा उपचारका लागि ल्याएको हुनाले कन्ट्याक्ट ट्रेसिङका लागि उनीहरुको पीसीआर गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, मृतकको संख्या ३९ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !