सुर्खेत, साउन १। कर्णाली प्रदेशमा आज दिउसो १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७२६ जना पुगेको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । कर्णाली प्रदेशमा हिजो दिउसो १२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १७२६ जना पुगेको थियो ।