८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२३१


कोरोना भाइरस

१ साउन, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान ३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२३१ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ०७:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमित हुनेहरुमा बाग्लुंग जिल्लाको गल्कोटका २ जना र स्यांग्जाको वालिंगका १ जना रहेका छन् । आज संक्रमण पुष्टि हुनेहरु सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

गण्डकी प्रदेशमा आज ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२३१


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !