९ आश्विन २०८१, बुधबार

कोरोना संक्रमित हुने भन्दा कोरोना जितेर निको हुने बढे


घर फर्किए

काठमाडौं, साउन १ । पछिल्लो २४ घण्टामा देशभर ११६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई ६९७ जना डिस्चार्ज भएका छन् । यसले दैनिक सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, बुधबार काठमाडौंँमा ७ सहित ११६ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको सङ्ख्या १७ हजार १७७ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २६ वटा प्रयोगशालामा ५०९० जनाको पीसीआर परीक्षण भएको छ ।

उनले हालसम्म दुई लाख ९८ हजार ८२९ को पीसीआर परीक्षण गरिएको बताए । गौतमले हालसम्म आइसोलेसनमा छ हजार ११३ जना रहेको जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको जम्मा सङ्ख्या ११ हजार २५ पुगेको छ ।

यस्तै छ हजार ११४ सक्रिय कोरोना संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए । देशभरका क्वारेन्टाइनमा २४ हजार ५२७ जना रहेको उनले बताए । गौतमले थप एक कोरोना संक्रमितको मृत्यु भएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !