९ आश्विन २०८१, बुधबार

रुसमा बढ्दै कोरोना संक्रमित, २४ घण्टामा ६ हजार भन्दा बढी संक्रमित


रुसमा भए ७ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित virus around Russia

मस्को, ३१ असार । रुसमा बुधबार मात्रै छ हजार ४२२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार गएको २४ घन्टायता मात्र उहाँ छ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै रुसमा संक्रमितको संख्या ७ लाख ४६ हजार ३६९ जना संक्रमित पुगेको सो मन्त्रालयले जानकारी दिएको छ । यहाँका विभिन्न ८५ वटा सहरमा यी संक्रमित पाइएका बताइएको हो । कोरोना भाइरसका कारण ११ हजार ७७० जनाले ज्यान गुमाएका छन् । यहाँ पछिल्लो २४ घन्टामा मात्र १७५ जनाको मृत्यु भएको छ ।

सुरुमा रुसमा कोरोना भाइरस सरकारको नियन्त्रणमा रहेको दाबी रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्नुभएको थियो । तर एकाएक यहाँ दिनहूँ हजारौँ जना संक्रमित थपिन थालेका हुन् । सो मन्त्रालयले दिनहूँ ठूलो संख्यामा नयाँ संक्रमित थपिन थालेका बताएको छ ।

योसँगै रूसमा तीव्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको यहाँको सरकारले जानकारी दिएको छ । यहाँका पाँच लाखभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् भने दुई लाखभन्दा बढी उपचाररत संक्रमित नै छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !