४ जेष्ठ २०८१, शुक्रबार

गण्डकी प्रदेशमा आज २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२२८


कोरोना भाइरस

३१ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान २५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२२८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान १०:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै २५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जना, भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ११ जना र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा २ जना गरी २५ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज संक्रमित हुनेहरुमा सबैभन्दा धेरै नवलपरासी पूर्वमा ११ जना, म्याग्दीमा ९ जना, तनहुँमा ३ जना रहेका छन् । साथै गोरखा र कास्कीमा १/१ जना रहेका छन् ।

आज संक्रमण पुष्टि हुनेहरु सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ९२५ पुगेको छ ।

गण्डकी प्रदेशमा आज २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२२८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !