१५ असार २०८१, शनिबार

बोलिभियाका अर्थमन्त्रीमा पनि देखियो कोरोना संक्रमण


ओस्कार ओर्टिज

लापाज, २९ असार । बोलिभियाका अर्थमन्त्री ओस्कार ओर्टिजलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरसबाट संक्रमित उहाँ बोलिभियाका चौथो मन्त्री हुनुहुन्छ ।

बोलिभियामा यसअघि स्वास्थ र खनिज मन्त्रीहरु कोरोना संक्रमित हुनु भएको थियो । साथै बोलिभियाका अन्तरिम राष्ट्रपति पनि कोरोना भाइरस संक्रमण पुष्टि भएपछि क्वारेन्टिनमा हुनुहुन्छ ।

अर्थमन्त्री ओर्टिजका चिकित्सकहरुले उहाँलाई अस्पतालमा भर्ना गरेका र त्यहाँ उपचार जारी रहेको छ । बोलिभियामा हालसम्म ४७ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका र एक हजार ७५४ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !