२९ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो ७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११९९ जना पुगेको छ ।
स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो ०४:०५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।