९ आश्विन २०८१, बुधबार

सुदूरपश्चिममा आज ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३९२० पुग्यो


कोरोना भाइरस

धनगढी, असार २८ । सुदूरपश्चिम प्रदेशमा आज ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३९२० पुगेको छ । धनगढी र डडेल्धुरामा गरिएको परीक्षणका क्रममा ४ जिल्लाका ६ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार डडेल्धुरा अस्पतालको प्रयोगशालामा डडेल्धुराका २ जना र बझाङका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै धनगढी प्रयोगशालामा कैलाली १ जना र दार्चुलाका २ जना गरे ३ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुसार कैलालीको मोहन्याल गाउँपालिका-३ का ४६ वर्षीय पुरुष, कैलारी गाउँपालिका ७ का २५ वर्षीय पुरुष, दार्चुलाको नौगाड गाउँपालिका-७ का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !