९ आश्विन २०८१, बुधबार

कोरोनाबाट काठमाडौंमा ५ को मृत्यु, कस्ता रोगी थिए संक्रमित ?


कोरोना भाइरसबाट मृत्यु

काठमाडौं, असार २८ । संघीय राजधानीमै कोरोना भाइरस संक्रमणका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ । पछिल्लोपल्ट काठमाडौंमा उपचाररत मिर्गौला रोगका २ बिरामीसहित सिन्धुपाल्चोकका १ पुरुषको मृत्यु भएको हो । यससँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार, काठमाडौं— १० शंखमूलका ६० वर्षीय पुरुषको असार २६ गते निधन भएको हो । फोक्सोमा पानी जमेको र मिर्गौला रोगको कारणले अस्पताल भर्ना भएको १० दिनपछि उनको ज्यान गएको हो ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का ५४ वर्षीय पुरुषको असार २५ गते उपचारका क्रममा मृत्यु भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी मिर्गौला रोगका बिरामी थिए । काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्धको पनि कोरोना भाइरसका कारण गत असार १७ गते ज्यान गएको थियो । उनी उच्च रक्तचाप र पार्किन्सनका बिरामी थिए ।

ललितपुर, बुङमतीका ५६ वर्षीय पुरुषको जेठ १४ गते निधन भएको थियो । उनी १२ जेठमा किस्ट अस्पताल भर्ना भएका थिए ।त्यस्तै ललितपुरको महालक्ष्मी नगरपालिका– ५ का पुरुषको पनि मृत्यु भएको थियो । पाँच महिनाअघि मिर्गौला प्रत्यारोपण भएका उनी नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका थिए ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी— ६ का ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनको उपचारका क्रममा २५ असारमा पाटन अस्पतालमा निधन भएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !