२ जेष्ठ २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा आज १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४०२८ पुग्यो


कोरोना भाइरस

धनगढी, साउन ३ । सुदूरपश्चिम प्रदेशमा आज थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ४०२८ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये ८ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार डडेलधुरा प्रयोगशालामा ११ जना र धनगढी प्रयोगशालामा ८ जना गरी १९ जनामा कोरोना पुष्टि भएको हो । डडेलधुरा प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका ७ जना, डडेलधुरा र बझाङका २/२ जनामा संक्रमण पुष्टि भएको हो ।

साथै सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जनामा कोरोना पुष्टि भएको हो । धनगढी उपमहानगरपालिका-१८ का ४५ र ४८ बर्षीय पुरुष तथा धनगढी उपमहानगरपालिका-१ का २२ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले जानकारी दिएका छन् ।

उनका अनुसार धनगढी उपमहानगरपालिका-१४ का १९ र २४ बर्षीय महिला, वडा नम्वर १५ का २४ र २८ बर्षीय महिला र कञ्चनपुरको पुनरवास नगरपालिका-५ की ३१ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो । सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २३७ जनाको कोरोना परीक्षण गर्दा १९ जना थपिएसंगै सुदूरपश्चिममा संक्रमितको संख्या ४०२८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढि कैलालीमा ९५४, अछाममा ६४५, बाजुरामा ६१६, डोटीमा ५ ८६, कञ्चनपुरमा ४६३, डडेल्धुरामा २९५, बैतडीमा २७६, बझाङमा १७३ र दार्चुलामा २० जनामा कोरोना पुष्टि भएसंगै कोरोना संक्रमितमध्ये झण्डै १६७० भन्दा बढि डिस्चार्ज भईसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !