८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११२९


कोरोना भाइरस C

२४ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज दिउसो १३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११२९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:५५ बजे बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा नयाँ १३ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा सवै १३ जानै कास्कीका रहेका छन् । आज संक्रमण हुने व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ । साथै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या ३५३ पुगेको छ ।

गण्डकी प्रदेशमा आज १३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११२९


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !