८ जेष्ठ २०८१, मंगलबार

बागलुङका १२ जनाले कोरोनालाई जितेर घर फर्किए


घर फर्किए

बागलुङ, असार २३। बागलुङ जिल्लाका १२ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित कोरोना जितेर घर फर्किएका छन् । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा रहेका ८ जना र धौलागिरी बहुमुखी क्याम्पसको प्रि-आइसोलेसनमा रहेका ४ जना कोरोनामुक्त भएका हुन् ।

उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आइसोलेसनबाट डिस्चार्ज गरी घर फर्काइएको अस्पतालले जनाएको छ । काठेखोलाका पाँच, ताराखोला, गलकोट र बाग्लुङ नगरपालिका २/२ जना र बरेङका १ जना संक्रमणमुक्त भएका हुन् ।

उनीहरुमध्ये अधिकांश २ साता मात्रै अस्पतालमा बसेका थिए । गल्कोटका २ जना युवा भने एक महिनासम्म आइसोलेसन बसेका थिए । योसँगै जिल्लामा कोरोना जितेर घर फर्किनेको संख्या ११० पुगेको छ । हाल ९८ जना आइसोलेसनमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !