१० आश्विन २०८१, बिहीबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका १३ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार २२ । सुदूरपश्चिम प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ३६९१ पुगेको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये ८ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार धनगढी प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा डडेल्धुराका ५ जना र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ३ जना महिलाहरु र ५ जना पुरुषहरु गरी ८ जनामा कोराना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढीका ३३ र ३५ बर्षीय महिलाहरु २ जना, ३३, २२, २५, ५२ र ४८ बर्षीय पुरुषहरु ५ जना रहेका छन् । साथै उनका अनुसार गोदावरी नगरपालिकाका ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।

साथै कैलालीकै गेदावरी नगरपालिका वडा नम्वर १० की ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको उनले बताए। सोमवार १३ जना थपिएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय ९१ पुगेको छ। सुदूरपश्चिम प्रदेशवाट ६६२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !