८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


कोरोना संक्रमण C

धनगढी, असार २२ । सुदूरपश्चिम प्रदेशमा आज थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा ३ जना महिलाहरु र ५ जना पुरुषहरु गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा धनगढीका ३३ र ३५ बर्षीय महिलाहरु २ जना, ३३, २२, २५, ५२ र ४८ बर्षीय पुरुषहरु ५ जना रहेका छन् । साथै उनका अनुसार गोदावरी नगरपालिकाका ३० बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ८ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !