८ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका १० जना नयाँ संक्रमित


कोभिड-१९

धनगढी, असार २० । सुदूरपश्चिम प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा ४ जना महिलाहरु र ६ जना पुरुषहरु गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेका अनुसार आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा अछामको चौरपाटीका १ जना महिला, बैतडीको दशरथचन्दका १ जना महिला, डोटीका ३ जना पुरुषहरु, कैलालीको धनगढी उपमहानगरपालिक-२ का १ जना पुरुष, कञ्चनपुरको महाकाली नगरपालिकाका २ जना महिलाहरु र २ जना पुरुषहरु रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका १० जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !