६ जेष्ठ २०८१, आइतबार

प्युठानमा आज थपिए कोरोना भाइरसका ६ जना नयाँ संक्रमित


कोरोना भाइरस

प्युठान, असार २० । प्युठान जिल्लामा आज थप ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै प्युठानमा कोरोना संक्रमितको संख्या ३१२ जना पुगेको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा झिम्रुक गाउँपालिकाका १ जना, स्वर्गद्वारीका २ जना, सरुमारानीका २ जना, ऐरावती १ जना गरी ७ जना रहेका छन् ।

आज संक्रमण पुष्टि हुनेहरुको उमेर २ बर्षदेखि ४७ बर्षसम्मका १ महिला सहित ५ जना पुरुषहरु गरी जम्मा ६ जना रहेका छन् । प्युठान जिल्लामा अहिलेसम्म कोरोना भाइरस लाई जितेर निको भई अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेहरुको संख्या ५४ जना पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !