११ आश्विन २०८१, शुक्रबार

प्रदेश १ मा थपिए कोरोनाका ३८ जना नयाँ संक्रमित


कोरोना भाइरस

विराटनगर, १९ असार । प्रदेश १ मा शुक्रबार ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार ३४ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६५३ पुगेको छ ।

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा ५/५ जनामा कोरोना पोजेटिभ देखिएको हो । झापाको मेचीनगरमा १४ जना पुरुष, हल्दिबारीमा ३ पुरुष, अर्जुनधारामा ६ पुरुष र २ महिला, विर्तामोडमा १ महिला, कनकाईमा १ पुरुष, १ महिलामा संक्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगर-३ जना पुरुष, बेलबारी र बुढीगंगा गाउँपालिकामा १/१ जना पुरुष संक्रमण पुष्टि भएको छ । उदयपुरको वेलकामा ५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट शुक्रबार ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका ४ र सुनसरीका २ जना छन् । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ४०६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !