११ आश्विन २०८१, शुक्रबार

कैलालीमा एकैदिन थपिए कोरोनाका १८२ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १८ । कैलाली जिल्लामा आज एकैदिन १८२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आज बिहिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना गरी कैलालीमा आज १८२ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० जना महिलाहरु र १२५ जना पुरुषहरु गरी १६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा। डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

साथै धनगढीमा बिहिवार भएको परीक्षणमा कैलालीका १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । योसंगै कैलालीमा संक्रमितको सङख्या ८७४ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !