४ मंसिर २०८१, मंगलबार

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असार १७ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा भरतपुर अस्पतालमा रहेका माडी ५ र ३ का २५ र ७३ वर्षका २ जना पुरुषहरु, भरतपुर महानगरपालिका वडा नं. ७ र २२ बस्ने वर्ष २६ र ५० का पुरुषहरु २ जना , भमनपा ११ वस्ने वर्ष ४५ की महिला १ जना र दमक ३ वस्ने वर्ष ३५ को महिला १ गरि जम्मा ६ जना रहेका छन् ।

साथै गैडाकोट नगरपालिका वस्ने विभिन्न उमेर समुहका २ महिला सहित ८ पुरुष गरी जम्मा १० जना, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना वस्ने ३० वर्षकी महिला १ जना, नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भमनपा ७ का ६१ वर्षका पुरुष १ र १२ वर्षकी महिला १ गरि जम्मा २ जना, भमनपा ९,४,२२,२५ र २६ वस्ने वर्ष ४८, ४०, २१, २५, २६ र २२ का पुरुष ६ जना गरी जम्मा २५ जनामा कोभि-१९ पुष्टी भएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार १६ गते प्राप्त भएका नमुनामघ्ये १०१ वटा नमुनाहरुको पिसिआर परीक्षणको क्रममा ७६ वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !