४ मंसिर २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए अहिलेसम्मकै बढी कोरोनाका ३४६ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १८ । सुदूरपश्चिम प्रदेशमा आज अहिलेसम्मकै बढी थप ३४६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा ३२० जना र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा भएको परीक्षणमा २६ गरी जम्मा ३४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा आज कैलालीका ४० जना महिलाहरु र १२५ जना पुरुषहरु गरी १६५ जना, अछामका ५ जना महिलाहरु र २६ जना पुरुषहरु गरी ३१ जना, बझाङका ११ जना महिलाहरु र २४ जना पुरुषहरु गरी ३५ जना, डोटीका १० जना महिलाहरु र ४८ जना पुरुषहरु गरी ५८ जना र कञ्चनपुरका ६ जना महिलाहरु र २५ जना पुरुषहरु गरी ३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताएका छन् ।

साथै धनगढीमा बिहिवार भएको परीक्षणमा ८ जना महिलाहरु र १८ जना पुरुषहरु गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले बताए । उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका २ जना र भजनी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जना तथा अछामको साँफेवगर नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको पाण्डेले जानकारी दिए । धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा २०९ जनाको कोरोना परीक्षण भएको थियो । सुदूरपश्चिममा अलिहेसम्म ३ हजार बढिमा कोरोना पुष्टि भईसकेको छ भने पुष्टि भएका ७ जनाको मृत्यु भएको छ । ४९५ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !