८ जेष्ठ २०८१, मंगलबार

गण्डकी प्रदेशमा आज फेरि ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८८


कोरोना भाइरस

१३ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८८८ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज राति ८ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज साँझ कोरोना पुष्टि हुने सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भई रहेको छ ।

आज बिहान ७:१५ को बिज्ञप्ति अनुसार ३२ जना, दिउसो ५:१५ को बिज्ञप्ति अनुसार १६ जना अहिलेको बिज्ञप्ति अनुसार ३४ जना गरी आज मात्र ८२ जना गण्डकी प्रदेशमा नया संक्रमित थपिएका छन भने १ जना कर्णाली प्रदेशको रहेका छन् । यसैगरी कोरोनको संक्रमणबाट निको हुनुहुने व्यक्तिहरुको संख्या गण्डकी प्रदेशमा १२१ रहेको छ ।

गण्डकी प्रदेशमा आज फेरि ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८८८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !