५ जेष्ठ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ३५ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १२ । सुदूरपश्चिम प्रदेशमा आज थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या १७०२ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो २:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको जनाएका छन् । उनका अनुुसार डोटीका २५, कैलालीको भजनीका २ जना र चुरेका ५ जना गरी ७ जना, बैतडीको पञ्चेश्वरका २ जना र कञ्चनपुरको भीमदत्तका १ जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म सबैभन्दा बढि कैलालीका ५१८ जनामा कोरोना पुष्टि भएको छ । साथै यस्तै डोटीमा २३४, डडेल्धुरामा २१७, कञ्चनपुरमा २५५, बैतडीमा १६५, अछामका १२५, बाजुराका १०८, बझाङमा ६२ र दार्चुलामा १३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका ५ जनाको मृत्यु भईसकेको छ भने २४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !