११ आश्विन २०८१, शुक्रबार

चितवनका आज राती १३ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

चितवन, असार ११ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

संक्रमण पुष्टि हुनेहरुमा चितवनको माडी नगरपालिका ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षीय पुरुषहरु ९ जना, चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी-७ का ५० वर्षीय पुरूष १ जना, भरतपुर महानगरपालिका-१६ का २१ वर्षीय पुरूष १ जना, भरतपुर महानगरपालिका-१५ की ३७ वर्षीय महिला १ जना, रत्ननगर नगरपालिकाकी २७ वर्षीय महिला १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !