८ पुस २०८१, सोमबार

भरतपुर कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना पुष्टि


भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला

चितवन, असार ११ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । अस्पतालका अनुसार आज कोरोना पुष्टि हुनेहरु नवलपुरका २१ जना र चितवनमा १३ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेहरुमा नवलपुरको कावासोती नगरपालिकाकी ३७,२५ वर्षीय २ जना महिलाहरु सहित २४, २४, ३०, ३३, ३०, ३५, २२, १८, २९, ५८, ३५, १८ वर्षीय १२ जना पुरुषहरु गरी जम्मा १४ जना तथा गैंडाकोट नगरपालिकाका ५३, ३४, २३, ३५, ५२, ५२, २५ वर्षीय पुरुषहरु ७ जना रहेका छन् ।

साथै चितवनको माडी नगरपालिका ४९, ६३, २६, ४५, ५२, १७, २५, २०, १७ वर्षीय पुरुषहरु ९ जना, चितवन मेडिकल कलेजमा उपचाररत गोदावरी-७ का ५० वर्षीय पुरूष १ जना, भरतपुर महानगरपालिका-१६ का २१ वर्षीय पुरूष १ जना, भरतपुर महानगरपालिका-१५ की ३७ वर्षीय महिला १ जना, रत्ननगर नगरपालिकाकी २७ वर्षीय महिला १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा असार ११ गते प्राप्त भएका नमुनामघ्ये २१४ वटा नमुनाको पिसिआर परीक्षणको क्रममा १८० वटा नमुनाको नतिजा नेगेटिभ रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !