११ बैशाख २०८१, मंगलबार

काठमाडौं उपत्यकामा आज ९ जनामा कोरोना संक्रमण पुष्टि


कोरोना भाइरस

काठमाडौं, ११ असार । काठमाडौं उपत्यकामा आज ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज काठमाडौं र भक्तपुर जिल्लामा ४/४ जना र ललितपुरमा १ जना गरी ९ जनामा कोरोना संक्रमण देखिएको हो । आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका २ जना महिलाहरु, २ जना पुरुषहरु, भक्तपुरका १ जना महिला, ३ पुरुषहरु र ललितपुरमा १ जना पुरुष रहेका छन् ।

लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । बाहिरी जिल्लावाट काठमाडौँ उपत्यकामा भित्रिनेहरुको संख्या दिनहुँ बढ्न थालेपछि उपत्यकामा संक्रमणको थप खतरा बढ्दै गएको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !