११ बैशाख २०८१, मंगलबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, असार १० । सुदूरपश्चिम प्रदेशमा आज थप ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेले एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कैलालीमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीमा थप ५७ जनामा कोरोना पुष्टि हुनेहरुमा गोदावरी नगरपालिकाका ३२ जना र कैलालीकै लम्कीचुहाका २५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या १३३४ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ४६०, डडेल्धुरामा २०५, बैतडीमा १५६, डोटीमा १६१, कञ्चनपुरमा १०९, अछामका ८८, बाजुराका ९३, बझाङमा ४४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका ५ जनाको मृत्यु भईसकेको छ भने १७५ जना निको भएर घर फर्किसकेका छन् ।

 

आज थपिए कोरोनाका ५७ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !