७ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७२९


कोरोना भाइरस

१० असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहानै थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७२९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहानै ६:२० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप भएका नयाँ ३२ जना कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका लम्जुङ्गमा ५ जना, पर्वतका १ जना, गोरखाका १ जना, स्याङ्जाका ७ जना, कास्कीका ५ जना, बागलुङका ९ जना, तनहुँमा १ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !