![धौलागिरी अस्पताल](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/Dhaulagiri-Hospital.jpg?fit=824%2C468&ssl=1)
बाग्लुङ्ग, असार ९ । गण्डकी प्रदेश, बाग्लुङ्ग जिल्लामा रहेको धौलागिरी अस्पतालको आईसोलेसनमा उपचाररत ११ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भई अस्पतालवाट आज डिस्चार्ज भएको धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बि.क. प्रोख्रेलले जानकारी दिएका छन् ।
कोरोनालाई जितेरघर फर्किनेहरुमा बाग्लुङ्ग जिल्ला, गल्कोट नगरपालिका, वर्ष २३ का १ जना, निसीखोला गाउँपालिका, वर्ष २९ र २२ का २ जना, ताराखोला गाउँपालिका, वर्ष ३९ का १ जना, बडीगाड गाउँपालिका, वर्ष २५, २५, ३९, ३२ र २२ का ५ जना, बरेंङ गाउँपालिका, वर्ष १८ र २३ का २ जना गरी ११ जना पुरुषहरु रहेका छन् ।