३ असार २०८१, सोमबार

दाङका ९३ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किए


घर फर्किए

दाङ, असार ९ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गएपनि कोरोनालाई जितेर अस्पतालवाट डिस्चार्ज भई घर फर्किनेहरुको संख्या पनि त्यसरी नै बढिरहेको छ । यसैक्रममा दाङमा कोरोना संक्रमितहरुमध्ये ९३ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् ।

साथै दाङमा १९१ जनाको जिल्लामा रहेका ३ वटा आइसोलेशन अस्पतालमा उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार कोरोना विशेष अस्पतालबाट ५८ जना र घोराही उपमहानगरले निर्माण गरेको आइसोलेशन सेन्टरबाट ३३ जना कोरोनालाई जितेर घर फर्किएका हुन् । अन्य २ जना भने काठमाडौँ र गुल्मीमा उपचारपछि ठीक भएका हुन् ।

कोरोना संक्रमितहरुमा १३ जना स्वास्थ्यकर्मीहरु पनि रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि कर्मचारीसहित ६१ जनालाई क्वारेन्टिनमा राखिएको प्रतिष्ठानले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !