१२ बैशाख २०८१, बुधबार

कैलालीमा आज एकैदिन थपिए कोरोनाका ५८ जना नयाँ संक्रमित


कोरोना भाइरस

काठमाडौँ, असार ८ । कैलाली जिल्लामा आज सोमवार एकैदिन ५८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका १ जना महिला र ५७ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ थपिएका ५८ जनाको स्थानीय तह भने खुलेको छैन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !