११ असार २०८१, मंगलबार

गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९७


कोरोना भाइरस

९ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १०४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज राती ८:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ र भरतपुर अस्पतालमा गरिएको परिक्षणमा थप भएका नयाँ १०४ जना कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ३८ जना, पर्वतका २१ जना, गोरखाका १८ जना, स्याङ्जाका १३ जना, कास्कीका ७ जना, बागलुङका ६ जना र तनहुँमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रवक्ता डा. शर्माका अनुसार उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !