६ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा आज फेरि १९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२३


कोरोना भाइरस

७ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज फेरि थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५२३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज दिउसो १:१५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गण्डकी प्रदेशका स्याङ्जामा १० जना, नवलपुरमा १ जना, कास्कीमा २ जना, बाग्लुङ्गमा ५ जना र तनहुँमा २ जना गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु सवै भारतवाट फर्केका हुन् र उनीहरु सम्वन्धित पालिकाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !