४ मंसिर २०८१, मंगलबार

कर्णालीमा थप ११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२५६ पुग्यो


कोरोना संक्रमण C

सुर्खेत, ७ असार । कर्णाली प्रदेशमा आज दिउसो ११ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो ११:५५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा १० जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ्गमा गरिएको परीक्षणमा १ जना कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सल्यानका ६ जना, सुर्खेतका २ जना, दैलेख जिल्लाका २ जना र रुकुम पश्चिमका १ जना रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ५३१ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !