७ बैशाख २०८१, शुक्रबार

सुदूरपश्चिम प्रदेशमा आज थपिए १०१ जना कोरोना संक्रमित


सुदूरपश्चिम प्रदेश C

काठमाडौँ, असार ६ । सुदूरपश्चिम प्रदेशमा आज शनिवार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२ जना र शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा डोटीका ९ जना महिलाहरु र ५२ जना पुरुषहरु गरी ६१ जना, बैतडीका १८ जना पुरुषहरु, डडेल्धुराका ५ जना महिलाहरु र ७ जना पुरुषहरु गरी १२ जना र कैलालीका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

साथै मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरीएको परीक्षणमा कैलालीका २ पुरुषहरु र बर्दियाका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !