८ बैशाख २०८१, शनिबार

नेपालमा अहिलेसम्म १५७८ जनाले जिते कोरोना, थप १७६ जना घर फर्किए


घर फर्किए

६ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमका अनुसार आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा सिरहा अस्पतालबाट २६ पुरुषहरु, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुषहरु, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १३ जना रहेका छन् ।

साथै कोसी अस्पतालबाट मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुषहरु, सुनसरीका १ पुरुष र २ महिलाहरु, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् । सुर्खेतबाट सल्यानका ११ जना पुरुषहरु र सुर्खेतका १३ जना पुरुषहरु गरी २४ जना डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट २ जना महिलाहरु र ३ जना पुरुषहरु डिस्चार्ज भएका छन् । मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुषहरु गरी ६ जना डिस्चार्ज भएका छन् । डडेलधुरा अस्पताल २ जना अछाम अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पताल ९ जना, धनगढीबाट ८ पुरुष, टीकापुरु अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकलबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुरबाट ६ जना डिस्चार्ज भएका छन् ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ८६०५ कोरोना संक्रमितहरुमध्ये ७८४९ जना पुरुषहरु र ७५६ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५७८ जना पुगेको छ । आज नयाँ संक्रमित ३३१ मध्ये २८२ जना पुरुषहरु र ४९ जना महिलाहरु रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३१ संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

थप २१६ जना घर फर्किए, नेपालमा अहिलेसम्म १४०२ जनाले जिते कोरोना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !