५ जेष्ठ २०८१, शनिबार

नेपालमा संक्रमितको संख्या ८६०५ पुग्यो, आज थपिए कोरोनाका नयाँ ३३१ संक्रमित


डा. जागेश्वर गौतम

काठमाडौँ, असार ६ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ३३१ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार आज संक्रमण पुष्टि हुनेहरुमा डोटी ६१, नवलपरासी पूर्व ३२, महोत्तरी २४, तनहुँ २३, बागलुङ २०, बैतडी १८, गुल्मी १८, पाल्पा १८, डडेलधुरा १२, झापा १, सुनसरी २, मोरङ ८, सर्लाही ९, बारा ४ र कैलाली १ रहेका छन् ।

साथै काठमाडौं १, नवलपरासी पश्चिम १, रामेछाप ३, रौतहट २, रुपन्देही १, धादिङ ८, भक्तपुर ७, स्याङ्जा १, रौतहट ५, कैलाली २, बाँके १४, बर्दिया ७, रुकुम पश्च‍िम १, दाङ ४ र प्यूठान ८ मा पनि कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

नेपालमा अहिलसम्म ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा अहिलेसम्म ८६०५ कोरोना संक्रमितहरुमध्ये ७८४९ जना पुरुषहरु र ७५६ जना महिलाहरु रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा १७६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १५७८ जना पुगेको छ । आज नयाँ संक्रमित ३३१ मध्ये २८२ जना पुरुषहरु र ४९ जना महिलाहरु रहेका छन् ।

मन्त्रालयका अनुसार शनिवारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ५२ हजार ३०० नमुना परीक्षण भएका छन् । २४ घण्टामा ४ हजार ४२६ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ६९ हजार १६५ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ७ हजार ४१६ परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख २ हजार ४५ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ४१६ जना रहेका छन् ।

नेपालमा सिन्धुपाल्चोकमा १ जना, बाँकेमा २ जना, गुल्मीमा २ जना, बारामा १ जना, ललितपुरमा १ जना, अर्घाखाँचीका १ जना, दैलेखका १ जना, बाजुराका १ जना, दोलखाका १ जना, पाल्पाका १ जना, सुर्खेतका १ जना, डोल्पा १ जना, कैलालीका ३ जना, स्याङ्जाका १ जना, चितवनका १ जना, अर्घाखाँचीका १ जना, पर्साका १ जना र बाराका १ जना गरी २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भईसकेको छ ।

यो पनि पढ्नुहोस् 

नेपालमा अहिलेसम्म १५७८ जनाले जिते कोरोना, थप १७६ जना घर फर्किए

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

नेपालमा संक्रमितको संख्या ८२७४ पुग्यो, आज थपिए कोरोनाका नयाँ ४२६ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !