१८ असार २०८१, मंगलबार

कर्णालीमा आज ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२३३ पुग्यो


कोरोना भाइरस

सुर्खेत, ५ असार । कर्णाली प्रदेशमा आज दिउसो ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३३ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज दिउसो १:३४ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल, सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ कोरोना संक्रमितहरु सुर्खेतमा ६ जना, दैलेख जिल्लाका २ जना र जाजरकोटका १ जना रहेका छन् ।

हालसम्म प्राप्त जानकारी अनुसार संक्रमित सवै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म ५०८ जना कोरोना निको भई डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कर्णाली कोरोना अपडेट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !