१८ असार २०८१, मंगलबार

कपिलवस्तुमा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७८ पुग्यो


कोरोना भाइरस

कपिलवस्तु, असार ५ । कपिलवस्तु जिल्लामा आज दिउसो थप ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ पुष्टि भएको छ । यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६७८ पुगेको कपिलवस्तु जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिएका छन् ।

आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तु नगरपालिकाका वार्ड नम्वर २ का बर्ष ३२ का १ जना महिला, बर्ष २६,३५,४५ का ३ जना पुरुषहरु रहेका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !