७ बैशाख २०८१, शुक्रबार

नवलपरासी पूर्वमा बिहानै थपिए कोरोनाका १८ नयाँ संक्रमित


कोरोना भाइरस

४ असार, काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा आज बिहान थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज बिहान थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ जना पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ५:४५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै नवलपुरमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा १८ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरुहरु सबै भारतबाट नेपाल आएका हुन् र सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेका छन् । उनीहरु सवैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भईरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् भने २ जनाको भने उमेर खुलेको छैन । साथै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !