१४ बैशाख २०८१, शुक्रबार

गण्डकी प्रदेशमा बिहानै १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२३


कोरोना भाइरस

२ असार, काठमाडौँ । गण्डकी प्रदेशमा आज बिहान थप १८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २२३ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान ६:२५ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

प्रवक्ता डा. शर्माका अनुसार गोरखा जिल्लामा १० जना, स्याङ्जा जिल्लामा ४ जना, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा २ जना, कास्की जिल्लामा १ जना र बाग्लुङ जिल्लामा १ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज गोर्खा जिल्लामा नयाँ संक्रमित थपिनेहरुमा गोर्खा नगरपालिका ३२, ३५, २१, २६, ५३, २९, २५ वर्षीय पुरुषहरु ७ जना र ३१ वर्षीया महिला १ जना रहेका छन् । साथै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय पुरुषहरु २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षीय पुरुषहरु ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको विनयत्रिवेणी गाउँपालिकाका १८ वर्षीय पुरुष १ जना र मध्यविन्दु नगरपालिकाका १९ वर्षीय पुरुष १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसका साथै कास्की जिल्लाको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष १ जना र बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुष १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सवै भारतवाट आएका हुन् र सवैजना सम्वन्धित जिल्लाको क्वारेन्टाइनमा छन् । उनीहरु सवैलाई सम्वन्धित जिल्लाहरुमा रहेका आइसोलेशन कक्षमा लैजाने तयारी भई रहेको छ ।

प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४८, बागलुङमा ४१, पर्वतमा २६, गोरखामा २५, तनहुँमा नौ, कास्कीमा छ, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये १२ महिला छन् । सङ्क्रमितमध्ये २० विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये दुई हजार ३७६ को नतिजा आउन बाँकी रहेको बताइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु